घर्ती मगर आदिवासी जनजाति खेलकुद महासङ्घका अध्यक्ष

नेपाल आदिवासी जनजाति महासङ्घले नेपाल मार्सल आर्ट्स हाप्कीडो सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगरको अध्यक्षतामा नेपाल आदिवासी जनजाति खेलकुद महासङ्घको गठन गरेको छ । महासङ्घको उपाध्यक्षमा आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता मुक्केवाज राम चन्द्र थापा मगर र करातेका सन्तोष सिंह पुन मगरलाई उपाध्यक्षमा चयन गरेको छ । यसै गरी, करातेका गजेन्द्र बहादुर खपाङगी महासचिव छन् । करातेका राम थारु सचिवको रूपमा रहेका छन् ।
मार्सल आर्टमै आबद्ध कुल बहादुर बुढा मगर सहसचिव छन् ।

उसु प्रशिक्षक लानम लामा कोषाध्यक्ष छन् । मार्सल आर्टमै आबद्ध भीम बहादुर गुरुङ,सुस्मीता गुरुङ, शेखर लिम्बु,विनोद तामाङ,दीपक छन्त्याल र विक्रम बाठा मगर रहेका छन् । यसै गरी,रेखा तामाङ र सुजाता थापा मगर पनि कमिटीमा आबद्ध छन् । नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामले घर्तीलाई जिम्मेवारी पत्र प्रदान गरे ।

Comment