मोसेन खान स्मृति फुटबलको तयारी

        चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम मोसेन खान स्मृति सिक्स ए साइड डे÷नाइट भेट्रान कप फुटबल प्रतियोगिता साउन २३ गतेदेखि हुने भएको छ ।

   नकआउट प्रतियोगितामा काठमाडौँका १६ टिमको सहभागिता निश्चित भइसकेको आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । चाबहिलमा रहेका खान परिवारहरूको प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरू चाबहिलस्थित गणेशथानको मैदानमा हुनेछ । मोसेन खान फुटबल खेलाडी थिए । फाइनल साउन ३२ गते हुनेछ ।
Comment