थाइल्यान्डमा लैनचौरका खेलाडीको सफलता

थाइल्यान्डको बैंककमा भएको पाँचौँ हिरोज तेक्वान्दो च्याम्पियनसिपमा नेपालका स्वीकर रजकले रजत पदक जितेका छन् । उनले ४१ किलो तौल समूहमा रजत पदक जितेका हुन् ।

सो प्रतियोगितामा रेफ्रिको रूपमा रहेका गौरव रजक र रमिला खत्रीको शिष्यको रूपमा रहेका स्वीकर फाइनलमा इन्डोनेसियाका खेलाडीसँग गोल्डेन स्कोरमा पराजित भएका थिए । सो टोली विशाल कणेलको नेतृत्वमा त्यस तर्फ गएको थियो ।


पदकधारी स्वीकर हाल आदर्श योगहरी माविमा अध्ययनरत छन् । विभिन्न विद्यालयमा गौरवले तेक्वान्दो र स्काउट प्रशिक्षण गर्दै आएका छन् । रमिला निस्ट कलेजमा अध्ययनरत छिन् । यसै गरी रमिला रेफ्रि र प्रशिक्षक दुवै भूमिकामा उत्तिकै सफल हुन् । यिनीहरू आबद्ध लैनचौर तेक्वान्दो डोजाङले आशालाग्दो तेक्वान्दो खेलाडी उत्पादन गरिरहेको छ । जुलाई २७ र २८ मा भएको सो प्रतियोगितामा सहभागीलाई तेक्वान्दो तीन नम्बर प्रदेशले भव्य स्वागत समेत गरेको थियो ।

Comment