सदस्य–सचिव सिलवालद्वारा बक्सिङ खेलाडीको बिदाइ

मित्रराष्ट्र कुवेतमा अगस्ट १ देखि ९ तारिख सम्म सञ्चालन हुने एएसबीसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली बक्सिङ टोलीलाई मङ्गलवार एक कार्यक्रमबिच बिदाइ गरियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले सोमबार एक कार्यक्रमबिच बिदाइ गरे ।
कुवेत बक्सिङ सङ्घको आयोजनामा हुने प्रतियोगितामा पुरुष ४९ केजी तौलसमूहमा छिरिङ वाङ दी शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा आठौँ सागका स्वर्ण विजेता रामचन्द्र थापा मगर तथा व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य एवं स्कुल बक्सिङ समितिका संयोजक पुष्करराज पन्त रहेका छन् ।
कार्यक्रममा फिटवेल नेपालले टोलीलाई ट्रयाक सुट प्रदान गरेको थियो भने बक्समाण्डुले खेलाडीलाई खेलका क्रममा लगाउने पोसाक प्रदान गरेको थियो । टोली मङ्गलवार जाने छ ।

Comment