वर्षाले जितिन् काश्य पदक


जापानको तोयोकामा सम्पन्न सितेरियो कोफुकान इन्टरनेसनल च्याम्पियनसिपमा नेपालकी वर्षा साउदले ५५ किलो तौल समूहमा काश्य पदक जितेकी छिन् । सिनियर कातामा भने वर्षाको यात्रा पाँचौँ चरण भन्दा अघि बढ्न सकेन । उत्कृष्ट प्रदर्शन गरिरहेकी वर्षा पाँचौँ चरणमा स्वीडेनकी खेलाडीसँग पराजित भइन् । ६७ किलो तौल समूहमा अशोक शाह दोस्रो चरणमा डेनमार्कका खेलाडीसँग पराजित भए । यस अघिको संस्करणमा उनले काश्य पदक जितेका थिए ।
प्रशिक्षक त्रैलोक्य नाथ पाण्डेयका अनुसार ३ अगस्टमा हेमजीमा आयोजना हुने केमुकाइ च्याम्पयनसीपमा पनि सहभागिता जनाउने छन् । वर्षा दुवै स्पर्धाकी नेपालकी प्रान्तीय च्याम्पियन हुन् । साथे कातामा नेपालकी राम्रा खेलाडी मध्य एक हुन् ।

Comment