नेपालको छनोट यात्रा समाप्त

आसन्न टी ट्वान्टी विश्वकपमा सहभागी हुने नेपालको सम्भावना सकिएको छ । आइतबार भएको खेलमा सिङ्गापुरसँगको खेलमा ८२ रनले पराजित भएसँगै नेपालको छनोट यात्रा सकिएको हो । सिङ्गापुर भने ग्लोबल छनोटमा प्रवेश गरेको छ । सिङ्गापुरले दिएको १८२ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ९ रनमा समेटियो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन जोडे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ६ विकेटको क्षतिमा १९१ रन जोडेको थियो । सिङ्गापुरका टिम डेभिडले सर्वाधिक ७७ रन जोडे । नेपालका अभिनास बोहराले ३५ रन खर्चेर चार विकेट लिए । सबैभन्दा महँगो साबित भएका वसन्त रेग्मीले चार ओभरमा ५४ तथा सन्दीप लामीछोनेले ३ ओभरमा ३४ रन खर्चे । यी दुवैले कुनै विकेट लिएनन् ।

Comment