छैटौं राष्ट्रिय आर्चरी प्रतियोगिता सम्पन्न

पोखरा
नेपाल आर्चरी सङ्घको आयोजनामा पोखरामा सम्पन्न छैटौं आउटडोर राष्ट्रिय आर्चरी प्रतियोगितामा रिकर्भ ओपन (मेन्स सिनियर) तर्फ कास्की जिल्ला आर्चरी सङ्घ र रिकर्भ स्ट्याडर्ड (जुनियर) तर्फ टिआईए आर्चरी क्लब काठमाडौं च्याम्पियन बनेका छन्।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताअन्तर्गत रिकर्भ ओपनको मेन्स सिनियर व्यक्तिगत इभेन्टतर्फ मनाङमस्र्याङ्दी आर्चरी क्लबका जीत मोक्तान प्रथम, कास्की जिल्ला आर्चरी सङ्घका प्रेम गुरुङ द्वितीय तथा कास्की जिल्ला आर्चरी सङ्घका मुकेश तामाङ तृतीय भए।
टीम इभेन्टतर्फ कास्की जिल्ला आर्चरी सङ्घप्रथम, अन्नपूर्ण आर्चरी क्लब कास्की द्वितीय र मनाङमस्र्याङ्दी आर्चरी क्लब काठमाडौं तृतीय भएका छन्। रिकर्भ स्ट्याण्डर्डको व्यक्तिगत इभेन्टमा टिआईए आर्चरी क्लब काठमाडौंका रमेश बुढाथोकी प्रथम, त्रिभुवन आर्मी क्लबका रोशन नगरकोटी द्वितीय तथा टिआईए आर्चरी क्लब काठमाडौंका विलियर आचार्य तृतीय भएका छन्।
टीम इभेन्टतर्फ टिआईए आर्चरी क्लब काठमाडौं प्रथम, त्रिभुवन आर्मी क्लब काठमाडौं द्वितीय तथा अन्नपूर्ण आर्चरी क्लब कास्की तृतीय भएका छन्।
महिलातर्फ हिमालयन आर्चरी क्लब काठमाडौंका काजल मल्ल् प्रथम, सुदूरपश्चिमाञ्चल आर्चरी क्लब कञ्चनपुरका तमन्ना क्षत्री द्वितीय तथा सुदूरपश्चिमाञ्चल आर्चरी क्लब कञ्चनपुरकै लक्ष्मी थापा तृतीय भएका छन्।उनीहरू सबैले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको नेपाल आर्चरी सङ्घका केन्द्रीय सदस्य एवं कास्की जिल्ला आर्चरी सङ्घका सचिव योगेन्द्र शेरचनले जानकारी दिए।
कास्की, इटहरी, कञ्चनपुर, काठमाडौं तथा त्रिभुवन आर्मी क्लब र मनाङमस्यार्एङ्दी क्लबका गरी ४५ जना खेलाडीको सहभागिता रहेको सो प्रतियोगितामा विजेता उपविजेता टीमलाई प्रमुख अतिथि सभासद् रोमी गौचन थकाली, नेपाल आर्चरी सङ्घका अध्यक्ष हरिध्वज तुलाचन लगायतले पुरस्कार प्रदान गरेका थिए।

Comment