कुबेतविरुद्ध नेपालको सानदार जित

कप्तान पारस खड्काको विस्फोटक व्याटिङसंगै नेपालले ट्वान्टी २० विश्वकप छनोट खेलमा शनिवार कुवेतलाई सात विकेटले पराजित गरेको छ । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा तीन विकेटको क्षतिमा पुरा गरेको हो । पारसले ४२ बलमा ६८ रन जोडे । उनले ११ चौका र एक छक्का प्रहार गरे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ९ विकेटको क्षतिमा १४१ रन जोडेको थियो ।

Comment