वर्षाको प्रभावित खेलमा नेपालको जित

टि ट्वान्टी विश्वकप छनोटको एसिया फाइनलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको छ । वर्षाका कारण ९ ओभमा घटाइएको खेलमा नेपालले ८ ओभरमा ८४ रनको लक्ष्य पुरा गरेको हो । नेपालले तीन विकेटको क्षतिमा ८६ रन जोड्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले ५१ रन जोडे । २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले सात विकेटको क्षतिमा ८३ रन जोडेको थियो ।

Comment