नेपालले जित्यो श्रृंखला

नेपालले आफ्नो क्रिकेट इतिहासमा आफ्नो दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट श्रृंखला जितेको छ । आइतबार मलेसियालाई नेपालले ६ रनले पराजित गरेको हो । शनिवार भएको खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । नेपालको यो दोस्रो टि ट्वान्टी श्रृंखला हो । यस अघि नेपालले पहिलो टी ट्वान्टी श्रृंखला जित्ने क्रममा युएइलाई हराएको थियो ।
आइतबार मलेसियाको किन्नारा ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १ सय ७३ रनको योगफल खडा गरेको थियो । जवाफमा मलेसियाले सात विकेट गुमाएर १६७ रन जोड्यो ।

Comment