खेम विजयी

खेम बुढाथोकीले प्रथम चामुन्डा अल नेपाल स्नुकर प्रतियोगितामा सोमबार जित हात पारेका छन् । खेमले सुरेश गुरुङलाई ३–१ को फ्रेममा पराजित गरे ।
अन्य खेलमा किरण लामा, टासी वाङचुक, मिलन लामा, दीपक गुरुङ, सञ्जय तामाङ, खेमराज गुरुङ, शिशीर गुरुङ, थुप्टेन निमा शेर्पा, विकास महर्जन, गणेश गुरुङ र समिर राजलवत विजयी भए ।

Comment