नेपाली रेफ्रिले पुरा गरे सेमिनार

विश्व तेक्वान्दोको वार्षिक कार्यक्रम अनुसा अस्ट्रेलियाको गोल्डक्वेस्टमा १ देखि ४ जुलाइसम्म भएको अन्तराष्ट्रिय रेफ्रि सेमिनार तथा रिफ्रेसर कोर्षमा नेपालका रेफिहरुले सहभागिता जनाएका छन् । नेपाल तेक्वान्दो संघका सदस्य समेत रहेका हिरा थापा र नोर्बु लामाले पुम्से तर्फको रिफ्रेसर कोर्ष पुरा गरे ।
यसैगरी, अशोक खड्का र रविन मल्लले क्योरोगी तर्फको रिफ्रेसर कोर्ष पुरा गरे । संघकी सदस्य तथा महिला व्यवस्थापन समितीकी प्रमुख नन्दा बस्यालले क्योरोगी सेमिनारमा सहभागिता जनाइन् ।

Comment