अन्सारीको अध्यक्षतामा कुस्ती संघ पुनर्गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राज महम्मद मिया अन्सारीको अध्यक्षतामा नेपाल कुस्ती संघ पुनर्गठन गरेको छ ।
पुनर्गठित १८ सदस्यीय केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा समिम मिया अन्सारी, उपाध्यक्षत्रयमा रामलोचन ठाकुर, मनोहर रायमाझी र बसन्त भण्डारी, महासचिवमा रीता कोइराला, सचिवमा साहिल अन्सारी तथा कोषाध्यक्षमा जफ्रुल्ला मिया मंसुरी रहेका छन् । सदस्यमा ललनप्रसाद यादव, जिनत अन्सारी, डा. प्रमाचन्द सेन, सानु लामा, नेसार खान, जुनेद इद्रिसी, सलामत राइन, नन्दलाल यादव र राखेपबाट २ प्रतिनिधि छन् ।
सोमबार पत्रकार सम्मेलन गरी कुस्ती संघको पुनर्गठन गरिएको अध्यक्ष अन्सारीले जानकारी गराए । राखेपका उपाध्यक्ष एवं राष्ट्रिय संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिका संयोजक पिताम्बर तिम्सिनाले अन्य राष्ट्रिय खेल संघको विवाद पनि चाँडै अन्त्य हुने बताए ।

Comment