धनगढीमा गोजुरियो ग्रेडिंग

राष्ट्रिय गोजुरियो कराते दो सघको आयोजनामा तिनदिन सम्म संचालन हुने सुदुरपश्चिम प्रदेश स्तरीय दिक्षान्त समारोह शुरु भएको छ ।

धनगढीमा जारी समारोहको आइतबार एक कार्यक्रमका बिच सामाजिक बिकास मन्त्रालय, सुदुरपश्चिम प्रदेशका सचिब इन्जिनियर गोगन हमालको प्रमुख आतिथ्यता उदघाट्न गरिएको छ ।

कार्यक्रमको बिशिस्ट अतिथि राष्ट्रिय गोजुरियो कराते दो सघका केन्द्रिय उपाध्यक्ष तथा प्राबिधिक निर्देशक बालकृष्ण असरपति र क्षेत्रीय खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रेम मल्ल रहनुभएको थियो । यस्तै जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख टोप बहादुर बिष्ट, सघका केन्द्रिय सदस्य कुबेर खड्का, कृष्ण तिरुवा, सुदुरपश्चिम प्रदेश अध्यक्ष अरुण कुवर, महासचिव हरि जोशी, सचिब राजेन्द्र बम, जिल्ला अध्यक्ष धनन्जय कठायत, जिल्ला सचीव तेज नागरी लगायतको उपस्थिति रहेको थियो ।

सघका जिल्ला उपाध्यक्ष पवनराज गिरिले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला अध्यक्ष धनन्जय कठायतले व्यक्त गरे भने कार्यक्रमको अध्यक्षता सघका केन्द्रिय महासचिव प्रकाश कुमार चन्दले गरे ।

राष्ट्रिय गोजुरियो कराते दो सघले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरिय प्रतियोगिताका साथै विभिन्न सरकारी तथा गैरसरकारी सघसस्थाको समन्वयमा महिला तथा बालिकाहरुका लागि आत्मरक्षा तालिम समेत संचालन गर्दै आएको छ ।

Comment