तेक्वान्दोको खेल सामग्री हस्तान्तरण

नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर तीनले यस प्रदेश अन्तरतग रहेका १३ वटा जिल्लालाई खेल सामग्री प्रदान गरेको छ । लगभग १३ लाख रुपैया बराबरको खेल सामग्री प्रादेशीक संघका उपाध्यक्ष दिपक मल्होत्राले प्रयोजन गरेका हुन् । उनले जिल्ला संघका अध्यक्षलाई सामग्री हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतथी मल्होत्राले नेपाली तेक्वान्दोको गर्वीलो इतीहासको सम्झना गर्दै फेरी एक पटक त्यही इतीहास तर्फ फर्कनलागि शुभकामना व्यक्त गरे ।
नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले नेपाली तेक्वान्दोमा मल्होत्राको प्रबेश महत्वपूर्ण भएको बताए । आयोजक सस्थाका प्रमुख केशब पुरीले खेलाडीका लागि थप सहयोग गर्ने प्रयास सस्थाको तर्फबाट भइरहेको जानकारी दिए । कार्यक्रममा प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष प्रकास खड्गीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम विक्रम खड्गीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका सचिव नबीन कुमार श्रेष्ठ र दिपक विष्ट, सह कोशाध्यक्ष सुमन घले, सदस्य संगीना बैद्य , राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुवँर र मुख्य प्रशिक्षक नन्दु राइ लगायतको उपश्थिती थयो । सोही अबसरमा तेश्रो डानको ग्रेडिङमा सहभागि खेलाडीलाई प्रमाणपत्र वितरण पनि गरियो ।

Comment