आयोजक मनमैजु च्याम्पियन

मनमैजु स्पोर्ट्स क्लब र अल नेपाल वादोकाइ केन्द्रिय डोजाको आयोजनामा भएको चौथो खुल्ला कराते तथा किक बक्सींग प्रतियोगिताको उपाधि आयोजक मनमैजु डोजोले जितेको छ । मनमैजुले ११ स्वर्ण, एक रजत र पाँच काश्य पदक जितेको हो । नेपाल वादोरियो संघले ३ स्वर्ण ,४ रजत र चार काश्य जितेर दोश्रो तथा इचंखु नारायण डोजो २ स्वर्ण, चार रजत र पाचँ काश्य सहित तेश्रो भए । पुरुषतर्फ विवके कुवँर र महिला तर्फ सन्ध्या महतो उत्कृष्ट खेलाडी भए । यसैगरी, पुरुष तर्फ गीरीजा खड्का र महिला तर्फ सविना तामांग उदयीमान खेलाडी भए ।
अजिमा पार्टी भेन्युमा भएको खेलमा ग्रीनल्यान्ड चिल्ड्रेन एकडेमीले अनुशाषित टोलीको पुरस्कार पायो । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा दक्षिण एसियाली कराते कराते महासंघका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख आतीथ्यमा उद्घाटन समारोह भएको थियो । मननमैजु स्पोर्ट्स क्लबका अध्यक्ष विकास राज वाहक र मनमैजु डोजोका प्रमुख निरज मर्हजनको संयोकत्वमा कार्यक्रम भएको थियो ।

Comment