आयोजक तीन नम्बर प्रदेश पहिलो स्थानमा

नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर तीनले आयोजना गरेको राष्ट्रिय तेक्वन्दो प्रतियोगिताको आयोजक प्रदेशले नै जितेको छ । उपाधि जित्ने क्रममाआयोजक टोलीले ८ स्वण? ५ रजत र सात काश्य पदक जितेको हो । यसैगरी ५ स्वर्ण,६ रतज र तीन काश्य पदक सहित दुइ नम्बर प्रदेश दोश्रो भयो । सुदुर पीश्चम प्रदेश तीन स्वर्ण , चार रजत तथा चार काश्य सहित तेश्रो भयो ।
यसैगरी, पुरुष तफृ दुइ नम्बर प्रदेशका विक्रान्त डंगोल तथा महिला तर्फ तीन नम्बर प्रदेशकी सुस्मीता तामाङ उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी प्रहरी आइजिपी सर्वेन्द्र खनालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । यो प्रतियोगिताले नेपाली तेक्वान्दोलाई तल्लो तहसम्म विकास गर्न सहयोग गर्ने विश्वास रहेको आयोजक कमिटीका प्रमुख केशब पुरीले बताए ।

Comment