छैटो राष्ट्रिय बिच भलिबल पोखरामा सुरु

पुलिसका चन्द« कुंवर र तोरण चन्दको जोडीले छैटो राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
पुरुषतर्फको स्पर्धामा चन्द« र तोरणको जोडीले एपीएफका महेन्द« श्रेष्ठ र विजय थापामगरको जोडीलाई २१–१८ र २१–९ को सोझो सेटमा पराजित गरे । त्यस्तै आर्मीका मानबहादुर श्रेष्ठ र दिल सुनुवारको जोडीले कर्णाली प्रदेश बी लाई २१–५ र २१–१३ को सोझो सेटले पराजित गरे । गण्डकी प्रदेशका सन्जु विक्रम शाह र रमेश केसीको जोडीले पुलिसका धुव्र केसी र प्रकाश कटुवालको जोडलिाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै विजय सुरुवात गरेका छन् ।
त्यस्तै महिलातर्फ पुलिसका कोपिला उप्रेती र निता शाहको जोडीले एपीएफका शशी चौधरी र पूजा चौधरीको जोडीलाई २१–६ र २१–१२, पुलिसकी मनिषा चौधरी र पुष्पा चौधरीको जोडीले गण्डकीका रुपा थापा र पूर्णिमा ठाकुरको जोडीलाई २१–१४ र २१–१५ को सोझो सेटमा हराउंदै विजयी सुरुवात गरेका छन् । महिलातर्फ नै एपीएफका विनिता बूढाथोकी र नेबिका चौधरीको जोडीले प्रदेश ५ का राधा बुढाथोकी र अन्जना बुढाथोकीको जोडीलाई २१–१३ र २१–५ तथा आर्मीकी मनिषा खाणँ र पुष्पाको जोडीले प्रदेश ३ लाई २१–१३ र २१–६ ले हराउंदै विजयी सुरुवात गरेका छन् ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रि तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पूष्प कमल दाहाल प्रचण्डले नेपाल हरेक दृष्टीकोणले अगाडी रहेको बताएका छन् ।
विजेता महिला तथा पुरुष टोलीले समान नगद ३० ÷३० हजार प्राप्त गर्ने छन् । द्वितीय हुनेले २०÷ २० हजार तथा तेस्रो हुने टोलीले १०÷१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई पनि नगद ३ ÷३ हजारबाट पुरस्कृत गरिने बताइएको छ । तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न २२ लाख ५० हजार खर्च लाग्ने संघले जनाएको छ ।

Comment