राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा

नेपाल तेक्वान्दो संघ प्रदेश तीनको आयोजनामा प्रथम राष्ट्रिय ग्योरीगी तथा पुम्से च्याम्पियनसीप असार ५ देखि सात गतेसम्म नेपाल तेक्वान्दो संघको हल सातदोबाटोमा हुन गइरहेको छ । चौधरी ग्रुप मुख्य प्रायोजक रहेको प्रतियोगिातमा युएनटिएफ,आइएनटिएफ र मनकामना दर्शनको पनि सहयोग रहेको छ । साथै काठमाडौं महानगरपालीका, ललीतपुर महानगरपालीका, दक्षिणकाली नगरपालीका,नागार्जुन नगरपालीका र गोदावरी नगरपालीका सह आयोजक रहेका छन् ।
प्रतियोगितामा ग्योरोगीमा १६ तथा पुम्सेमा एकल, युगल र टिम पुम्से समाबेश गरिएका छन् । सबै प्रादेशीक च्याम्पियन खेलाडीको सहभागिता रहने यस प्रतियोगिताले नेपाली तेक्वान्दोलाई तल्लो तहसम्म विकास गर्नमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । प्रतियोगिातको लागत २५ लाख रुपैया रहेको छ । प्रतियोगितामा कुल १५४ खेलाडीको सहभागिता रहने छ ।
सहभागि सबै टोली तथा खेलाडीलाई खर्चको व्यवस्था आयोजकले नै व्यहोर्ने छ । सोही अबसरमा केही समय अघि मात्र दोश्रो क्लास रेफ्रि हुनु भएका नविन कुमार श्रेष्ठ, ओलम्पियन संगीना बैद्य र दिपक विष्ट, तालीम तथा प्रशिक्षण विभागका प्रमुख हुनु भएका बरिष्ठ तेक्वान्दो प्रशिक्षक अर्जुन विक र बरिष्ठ खेल पत्रकार श्याम चित्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यसैगरी एन्फा महासचिव इन्द्रमान तुलाधर, बरिष्ठ तेक्वान्दो प्रशिक्षक इश्वरमान बज्राचार्य, मनीता शाही, आयशा शाक्य , असोक लामा र कोशीस खड्का पनि सम्मानीत हुने जनाइएको छ ।
मंगलबर आयोजित पत्रकार सम्मेलनमा आयोजक सस्थामा अध्यक्ष केशब पुरीले नेपाली तेक्वान्दोमा यो प्रतियोगिताले नया गती दिन बिश्वास ब्यक्त गरे ।

Comment