एभरेस्टमा ट्रेनिङ सेन्टरमा प्राथमिक स्वास्थ्य उपचार प्रशिक्षण


एभरेस्ट मार्सल आर्ट ट्रेनिङ सेन्टरको आयोजनामा एक दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । रबिभवन स्थित सेन्टरको आफ्नै हातमा भएको कार्यक्रममा खेलाडी, अभिभावक र प्रशिक्षक गरि कुल १ सय जनाको सहभागिता रहेको थियो । दुबइ स्थित डिस्कभरी रोयल स्पोर्ट्सका कार्यकारी प्रमुख ओम उप्रेतीले सहभागिलाई प्रशिक्षण दिए ।


प्रशिक्षण अघि बरिष्ठ कराते प्रशिक्षक अकबर शाहले ट्रेनिङ सेन्टरको उद्घाटन गरे । कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मुकेश बरुवाल, एनआरएनए डिआरसी मिडलइस्ट धर्मराज गीरी र जुडो प्रशिक्षक प्रविणकाजी श्रेष्ठ पनि उपश्थित थिए । रञ्जिता रिजालको सभापतीत्वमा भएको उद्घाटन कार्यक्रमको देविना रिजालले गरेकी हुन् । लियो क्लब अफ काठमाडौं युरेका र सुनौलो समाजको सहयोगमा कार्यक्रम भएको हो ।
रबि भवनमा रहेको यो प्रशिक्षक केन्द्रमा कराते, तेक्वान्दो, जुडो लगायत मार्सल आर्टको साथै जुम्बा, नृत्यु र वेटलसको पनि प्रशिक्षण दिइन्छ । प्रशिक्षण दिइन थालेको एक महिनामा कराते र नृत्यगरी ४० जना भन्दा बढी प्रशिक्षण लिइरहेको सेन्टरका सञ्चालक रवि शाहीले जानकारी दिए ।

Comment