जुनियर तेक्वान्दो शनीबारदेखि

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा जुनियर कोटेश्वर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सातै प्रदेशसहित १२ टिमका ३ सय ७२ खेलाडीले विभिन्न ३१ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नवीनकुमार श्रेष्ठले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित आयोजककै हलमा हुनेछ ।

Comment