अध्यक्षमा धरेलको निरन्तरता

नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको पाचौँ वार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईले पनि शुभकामना दिएका थिए ।
साधारण सभाले हरि धरेललाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा सुनार गुरुङ, सम्पन्न याकथुम्बा र प्रेम नारायण अधिकारी रहेका छन् । महासचिवमा मेघराज पौड्याल,सचिवमा ठाकुर न्यौपाने र कोषाध्यक्षमा दोरिन्द्र राज दाहाल चयन भए । यसैगरी,सदस्यमा दिपेश केसी, लाक्पा शेर्पा, सन्तोष मादेन, केशव सापकोटा, चारु श्रेष्ठ, अन्जु रावत, सुजित कंडेल, हरेराम खड्का र तुल्सिङ्ग गुरुङ चयन चए ।
निर्वाचन पदाधीकारी तथा सदस्यलाई चन्द्र राइ तथा ओमनाथ न्यौपानेले प्रमाणपत्र प्रदान गरे ।

Comment