भुटानमा नेपाली खेलाडीको सफलता

भुटानमा सम्पन्न पाचौ अन्तराष्ट्रिउ क्योरोगी तथा चौथो अन्तराष्ट्रिय पुम्से च्याम्पियनसीपमा सहभागि कोटेश्वर तेक्वान्दो डोजाङका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । १ देखि ३ जुनसम्म भएको प्रतियोगिताको महिला जुनियर ४२ किलोमा अनुजा सोपकोटाले स्वर्ण पदक जितिन् । यसैगरी,पुरुष जुनियर २४ किलोमा इमोन रानाले र ४८ किलोमा अरुण तिवारीले स्वर्ण पदक जिते । पुरुष सीनीयर ७२ किलोमा अर्जुन बहादुर सार्कीले पनि स्वर्ण पदक जिते । महिला सीनीयर ४६ किलोमा शर्मीला खड्काले रजत पदक जितिन् । महिला सीनीयर ५५ किलोमा शर्मीला मोक्तानले पनि रजत पदक जितिन् । पुरुष जुनियरको ४५ किलो समुहम ासागर सिंहले काश्य पदक जिते ।

Comment