प्रदीप जोशीको अध्यक्षमा निरन्तरता

प्रदीप जोशीलाई अध्यक्षतामा निरन्तरता प्रदान गर्दै बिश्व विद्यालय खेलकुद संघको साधारण सभा सम्पन्न भएको छ । थापागाउंस्थित कानभास रेष्टोमा भएको तेश्रो साधारण सभाले जोशीको अध्यक्षतामा चार बर्षका लागि १८ सदस्यीय केन्द्रिय कार्य समिति चयन गरेको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा डा. ज्ञानेन्द्र कार्की (त्रि.बि.बि), उपाध्यक्ष चारमा डा. यज्ञराज भट्ट (सुदूरपश्चिमाञ्चल वि.वि.), डा. बिमला शमा (संस्कृत बि.बि), सानु घले (पोखरा बि.बि), र अजिता शर्मा रहेका छन् । पौड्याल, घले र अजिता यस अघिको कार्य समितिमा पनि रहेका थिए ।
यस्तै महासचिवमा पूर्ण सिंह बोहराले निरन्तरता पाएका छन् । सचिवमा डा. उदय तिवारीले पनि निरन्तरता पाए । कोषाध्यक्षमा ग्लोबल ईन्टरनेशनलका प्राध्यापक धर्मराज ओझा चुनिए । सदस्यहरुमा सुरेन्द्र पनेरु, काठमाण्डौ युनिभर्सिटिका राजेन्द्र ज्ञवाली, मध्यपश्चिम बि.बिका खेमराज रावत, त्रि.बिकी पूर्णदेवी बज्राचार्य, दीपक बिष्ट र संस्कृत बि.बि.का डा. गणेश घिमिरे रहेका छन् ।
बिजयी कार्यसमितिका सदस्यहरुलाई निर्वाचन अधिकृत राखेप संघ संस्था समन्वय शाखाका अधिकृत ओमनाथ न्यौपानेले प्रमाण पत्र वितरण गर्नुका साथै गोप्यताको सपथ गराएका थिए ।
यस अघि साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले र उद्धघाटन गरेका थिए ।

Comment