दिलिप स्मृति च्याम्पियन

आयोजक दीलिप स्मृति प्रतिष्ठानले तेश्रो दीलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । प्रतिष्ठानले ८ स्वर्ण, २ रजत ४ कांस्य जित्यो । ७ स्वर्ण, १ रजत र ५ कांस्यसाथ लैनचौर दोश्रो भयो । तेश्रो स्थानको ढल्कोले ३ स्वर्ण, २ रजत र ४ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा एनटीटीसीका पाल्डेन तामाङ तथा महिलामा आयोजककी अस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले समान १–१ हजार नगद पुरस्कार पाए । पोयोनियरले अनुशासित टिमको उपाधि हात पा¥यो भने बालाजु तेक्वान्दो डोजाङका सुरेश मानन्धर उत्कृष्ट प्रशिक्षक चुनिए ।
समापनका अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले अन्तर्राष्ट्रिय पदक विजेता मेलिसा खड्गी तथा उनका प्रशिक्षक मनोज खड्गीलाई सम्मान गरेकी थिइन् ।

Comment