सेमिओपन स्नुकर अर्को साता

एन्जी स्नुकर क्लबको आयोजनामा एन्जी सेमिओपन स्नुकर प्रतियोगिता १५ जेठबाट हुने भएको छ । १० दिने प्रतियोगितामा १सय २८ खेलाडीको लक्ष्य रहेको आयोजक कमिटीका प्रमुख सफीर राज राजकर्णीकारले जानकारी दिए । यदी लक्ष्य अनुसार खेलाडी भए उपाधिधारीले १लाख, उपविजयीले ५० हजार तथा सेमिफाइनल प्रबेश गर्ने खेलाडीले २५ हजार रुपैया पुरस्कार पाउने छन् । यसैगर हाइएस्ट ब्रेकररले २० हजार रुपैया पाउने छन् ।
यदी ६४ खेलाडी मात्र भए विजेताले ५० हजार, उपिवजेताले २५ हजार तथा सेमिफाइनल प्रबेश गर्ने खेलाडी र हाइएस्ट ब्रेकरले १० हजार रुपैयाका दरले पुरस्कार पाउने छन् । प्रतियोगितामा नेपालका शिर्ष आठ खेलाडी बाहेक अन्यले सहभगिताको अबसर पाउने छन् । विलियार्ड्स, स्नुकर तथा पुल संघका नेपालको तत्वाबधानमा हुने प्रतियोगिता आयोजक क्लबकै भवन इमाडोलमा हुने छ । प्रतियोगिताले युवा खेलाडीलाई प्रोत्साहित गर्ने बिश्वास रहेको संघ अध्यक्ष सरोज मुल्मीले बताए ।

Comment