नेपाल ओपन किकबक्सीङको तयारी अन्तिम चरणमा

जेठको १८ देखि २० सम्म काठमाडौंमा आयोजना हुने नेपाल ओपन अन्तराष्ट्रिय किकबक्सीङ प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढेको छ । प्रतियोगितामा बंगलादेश, नेपाल,पाकिस्तान श्रीलंका र भुटानका टोलीको सहभागिता निश्च्ति भइसकेको तथा अन्य टोलीसंग पनि सम्पर्क भइरहेको नेपाल किक बक्सीङ एसोसीएसनका महासचिव दिपक श्रेष्ठले बताए ।
२ सय भन्दा बढी खेलाडी सहभागि हुने प्रतियोगितामा ५ स्पर्धा समाबेश छन् । समाबेश स्पर्धामा फुल कन्ट्याक्ट, लाइट कन्ट्याक्ट, सेमि कन्ट्याक्ट,स्पाइरिङ फाइट र लो किक बक्सीङ रहको छ । प्रतियोगिताको लागत रकम २० लाख रुपैया भन्दा बढी रहेको छ । स्पर्धामा शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले २० हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार पाउने छन् । साथै चार जना उत्कृष्ट खेलाडीलाई युरोपमा आयोजना हुने प्रतियोगितामा सहभागिताको अबसर दिइने छ ।

Comment