मेयरकपमा मानसिंह डोजो च्याम्पियन

नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालीका मेयरकप खुला कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ८ काश्य पदक सहित मानसिंह डोजो पहिलो भएको छ । सात स्वर्ण, ४ रजत र ३ काश्य पदक सहित मनकामना डोजो दोश्रो तथा ६ स्वर्ण, ७ रजत र ९ काश्य पदक सहित दक्षिण ढोका डोजो तेश्रो भए ।
महिलाको जुनियर कातामा जेकेएफ गोजुकाइकी सरिता परियारले स्वर्ण,बाह्बिसेकी अनिसा थापा मगरले रजत तथा मनकामनाकी गरिमा गीरी र मानसिंहकी सबिना तामाङले काश्य पदक जिते । सिनियर कातामा मनकामनाकी गीता सुनुवारले स्वर्ण, मानसिंहकी आरती भण्डारीले रजत तथा दक्षिणढोकाकी रिचा लामा र अच्छीभिदु अर्यालले काश्य पदक जिते । पुरुषको जुनियर कातामा केँन्वोकाइका राज भोटुङ तामाङले स्वर्ण,सागर न्यौपानले रजत तथा दक्षिणढोकाका छिरिङ न्यौटी प्लानु र जोरपाटीका सन्दिप लामाले काश्य पदक जिते । सिनियर कातामा मनकामनाका विक बहादुर थामीले स्वर्ण, दक्षिणढोकाका दिपेस पुरीले रजत तथा मानसिंहका आकास मण्डल र दक्षिणढोकाका सुजन कुमार पुरीले काश्य पदक जिते ।
महिलाको जुनियर कातामा जेकेएफ गोजुकाइकी सरिता परियारले स्वर्ण,बाह्बिसेकी अनिसा थापा मगरले रजत तथा मनकामनाकी गरिमा गीरी र मानसिंहकी सबिना तामाङले काश्य पदक जिते । सिनियर कातामा मनकामनाकी गीता सुनुवारले स्वर्ण, मानसिंहकी आरती भण्डारीले रजत तथा दक्षिणढोकाकी रिचा लामा र अच्छीभिदु अर्यालले काश्य पदक जिते । पुरुषको जुनियर कातामा केँन्वोकाइका राज भोटुङ तामाङले स्वर्ण,सागर न्यौपानले रजत तथा दक्षिणढोकाका छिरिङ नेप्टुक लामा र जोरपाटीका सन्दिप लामाले काश्य पदक जिते । सिनियर कातामा मनकामनाका विक बहादुर थामीले स्वर्ण, दक्षिणढोकाका दिपेस पुरीले रजत तथा मानसिंहका आकास मण्डल र दक्षिणढोकाका सुजन कुमार पुरीले काश्य पदक जिते ।
दुइ दिने प्रतियोगितामा काता र कुमुते गरी ४० स्पर्धा समाबेश थिए । कुल २१ डोजोका ३ सय खेलाडीको सहभागिता रहेको आयोजक कमिटीका प्रमुख सानुबाबु गीरीले जानकारी गराए । प्रतियोगिताको ब्यबस्थापनको जिम्मेवारी राजनमान श्रष्ठले बहन गरेका थिए । प्रतियोगिताको मुख्य प्रयोजक मेलम्ची नगरपालीका रहेको छ ।

Comment