युनिसा र निमाको पनि सुरुवाती हार

बेलायतको म्यानचेस्टरमा जारी बिश्व तेक्वान्दो च्याम्पियनसीपको तेश्रोे दिन नेपालकी युनिसा राइले पनि सुरुवाती चरणमा हार ब्यहोरेकी छिन् । ४९ किलो तौल समुहको खेलमा युनिसा इरानकी नाहिद कियनचादेसंग पराजित भएकी हुन् । यस भन्दा अघि मनोज मल्ल र बिर बहादुर महरा पनि पराजित भइसकेका छन् । ५७ किलो तौल समुहमा निमा गुरुङ पनि पोर्चुगलको जोना चुनासंग पराजित भइन् ।
शनीबार ८० किलो तौल समुहमा नेपालका निश्चल मान श्रेष्ठले स्पेनले राहुल मार्टीनेज गार्सियांसग खेल्ने छन् ।

Comment