डाइनामिकको प्रभाव बढ्दो

प्रथम काठमाडौं मेयर कप बुद्धीचाल प्रतियोगिता सुरु भएको छ । काठमाडौं महानगरपालीका वडा नम्बर २४को आयोजना तथा मखन चेस क्लबको ब्यबस्थापनमा जारी प्रतियोगिताको सुरुवाती चरणमा शिर्ष खेलाडीहरुको प्रभाव कायम रहेको छ ।
यु–१६ स्पर्धामा शिर्ष बरियताका डाइनामीक चेस एकेडेमीका कृतीसरा अधीकारी र आशिष पाण्डेका साथमा परिचित नामहरुले विजय हात पारेका छन् । महांकाल माबीका विजय टमाटा भने दोश्रो चरणमा पराजित भए । भक्तपुर सैनिक स्कुलका प्रनित जोशीसंग उनी पराजित भएका हुन् । अन्य दुइ स्पर्धामा पनि दुइ चरणसम्म प्राय अपेक्षाकृत परिणाम देखिएका छन् ।
गत ओलम्पियाडमा खुस्बु थापा छनोट भए पछि पहिलो महत्वपूर्ण खुड्कीलो पार गरेको डाइनामिककै कृपा अधीकारीले गत राष्ट्रिय च्याम्पियनसीपमा तेश्रो स्थान पाएकी थिइन् । यस प्रतियोगितामा पनि यु–१६ स्पर्धामा शिर्ष दुइ बरियताका खेलाडी डाइनामीककै रहेका छन् ।

Comment