मेलम्ची मनगरपालीका मेयर कप खुला कराते प्रतियोगिता सुरु

नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालीका मेयरकप खुला कराते प्रतियोगिता शुक्रबार सुरु भयो । प्रतियोगिताको मेलम्ची नगरपालीकाका प्रमुख डम्बर अर्यालले उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल गोजुरियो कराते संघका महासचिव तथा दक्षिण एसियाली कराते महासंघका सचिव बिआर मित्र, कराते प्रशिक्षक बिसन सिंह खड्का, अन्य कराते प्रशिक्षक र स्थानीय समाजसेवीका साथै वडाअध्यक्षहरुको उपिश्थिती थियो । उद्घाटन समारोहमा गायक कुमार पौडेल, स्थानीय गायीका गौरी पण्डित लगायत प्रगती माबी र इन्द्रेश्वरी माबीका विद्यार्धीहरुको सास्कृतीक प्रश्तुती रहेको थियो । आगामी दिनमा स्थानीय कलाकारलाई थप प्राथमिकता दिइदै जाने आयोजक पक्षले जनाएको छ ।
दुइ दिने प्रतियोगितामा काता र कुमुते गरी ४० स्पर्धा समाबेश छन् । कुल २१ डोजोका ३ सय खेलाडीको सहभागिता रहेको आयोजक कमिटीका प्रमुख सानुबाबु गीरीले जानकारी गराए । प्रतियोगिताको ब्यबस्थापनको जिम्मेवारी राजनमान श्रष्ठले बहन गरेका छन् । प्रतियोगिताको मुख्य प्रायोजक मेलम्ची नगरपालीका रहेको छ ।

Comment