खेलकुदका परिचित अनुहार समेटीदै एन्फा उमन्स कमिटी

अन्तराष्ट्रिय गोल गर्ने पहिलो महिला खेलाडी पेमा डोल्मा लामाको संयोजकत्वमा अखिल नेपाल फुटबल संघ(एन्फा)ले एन्फा उमन कमिटीलाई पूर्णता दिएको छ । राष्ट्रिय टोलीकी पूृर्व कप्तान मिरा चौधरी सदस्य रहेकी छिन् । तेक्वान्दो स्टार संगीना बैद्यका साथमा प्रमिला सिंह र अञ्जु भट्टराइ पनि सदस्य रहेका छन् । तेक्वान्दोकी पूर्व एसियाली च्याम्पियन संगीना कुनै समयकी फुटबलर समेत हुन् । अञ्जु र प्रमिला शिक्षा क्षेत्रमा सक्रिय ब्यक्तित्व हुन् ।

Comment