तेक्वान्दो टोली म्यानचेस्टर जादै

बेलायतको म्यानचेस्टरमा १५ देखि १९ मेसम्मआयोजना हुने बिश्व तेक्वान्दो च्याम्पियनसीपमा सहभागि हुने नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । कसिम मियाको नेतृत्वमा जाने टोलीामा रेफ्रिको रुपमा नबीन कुमार श्रेष्ठ रहेका छन् । यसैगरी, खेलाडीहरुमा बिर बहादुर महरा, निमा गुरुङ, मनोज मल्ल, युनिसा राइ र निश्चल मान श्रेष्ठ रहेका छन् । टोलीको प्रशिक्षकमा योंदल क्वान रहेका छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत मर्हजनले विदाइ गरेका थिए ।

Comment