फीमेल राइड डेका अबसरमा कार्यक्रम

इन्टरनेसनलल फीमेल राइड डे २०१९ तथा पाचौ गुएन ग्लोबल रोड सेफ्टी विकको अबसरमा महिलाहरुको मोटरसाइकल तथा स्कुटर ¥याली आयोजना भएको छ । ¥याली फर रोड सेफ्टी भन्ने नाराका साथ शुरु भएको सो ¥याली नेपालमा बिगत दश वर्ष देखि मोटर र मोटर साइक्लिङ्ग स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी एण्ड टु व्हील टुरिजम तथा रोड सेफ्टीमा संलग्न राष्ट्रिय संघ नेपाल अटोमोवाइल्स एसोसिएसन ( नासा) अन्तर्गतको महिला कमिसनको आयोजना भएको हो ।
ब्याक नेचर नेपा प्रभइभेट लिमिटेडको सहयोगमा भएको सो ¥याली तिनकुने स्थित महिला रेस्लिङ्ग फाउन्डेसनबाट शुरु भई कोटेश्वर, बालकुमारी, सातदोबाटो, जावलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, सुन्धारा हुदै लैनचौर पुगी समापन भएको थियो ।
पछिल्लो समय शाहसिक पर्यटन तथा शाहसिक खेलकुद नेपालमा मात्र नभई संसारमै लोकप्रिय हुदै गईरहेको छ जसमा ड्राइभ टुरिजम, टु व्हिल टुरिङ्ग, अफ रोड ¥याली, त्क्म् ¥याली तथा क्रस कन्ट्री जस्ता मोटरिङ्गका इभेन्टहरु समेत रहेका छन् ।
महिला सशक्तिकरण तथा सडक सुरक्षाको संदेश दिने हेतुले आयोजना भएको सो ¥यालीको सुरुवातमा सम्पूर्ण राइडर्सहरुलाई सेफ राइडिङ्ग सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

Comment