थप जिम्मेवारीको महशुष ः घर्ती

नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगरले ‘इन्टरनेसनल हाप्किडो मास्टर्स अफ दि एयर २०१९’ अवार्डले थप जिम्मेवारीको महशुष भएको बताएका छन् । जर्मनीको म्युनिखमा भएको कार्यक्रममा सेल्फ डिफेन्स जर्मनी फेडरेसनले मगरलाई सो अवार्ड प्रदान गरे पनि घर्तीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेपाल मार्सल आर्ट्स हाप्किडो संघको दोस्रो कार्यकालका लागि २०७४ सालमा मगर पुनः निर्वा्चित भएका हुन् । मगरले पदक सबै नेपाली र मार्सल आर्टका खेलाडीको लागि गौरवको विषय भएको बताए । उनले नेपाली खेलकुदको विकासमा आफूलाई सक्रिय राख्न हौसला बढेको बताएका छन् ।

Comment