होङगान्जी न्यु डायमण्डको मिश्रित सफलता

पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा होङगान्जी न्यृडायमण्डले मिश्रित सफलता हात पारेको छ । शनिवार भएको पहिलो खेलमा पश्चिमाञ्चललाई २५–१४,२५–२२ र २५–१३ को सोझो सेटमा पराजित गरेको न्युडायमण्डले दोश्रो खेलमा पुलिससँग २५–२३, २५–१७, १६–२५ र २५–२२ को सेटमा पराजित भएको छ । लागनखेल स्थित आर्मीको कभर्डहलमा संचालन भएको अर्को खेलमा आर्मीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–६,२५–९ र २५–७ को सोझो सेटमा हरायो । यस अघि प्रतियोगिताको पूर्व प्रधान मन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा,प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतको उपस्थिति रहेको थियो ।
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका बिजेताले २ लाख,उपबिजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् । मार्वल टेक्नोप्लस,मुक्तिनाथ बिकास बैंक सह प्रायोजक तथा एनआईसी एशिया बैंक बैंकिङ पाटनर रहेको प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचलाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गर्ने भएका छ । प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय हुने खेलाडी,प्रशिक्षक,ब्यवस्थापक र अन्य ३ टिमका प्रशिक्षक टिम कप्तान र ब्यवस्थापकको लागि फाईनल खेल पश्चात अन्नपूर्ण होटल,दरवार मार्गले रात्री भोजको सौजन्य गरेको छ । खेलाडीलाई प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०÷३० हजार बराबरको टिसट घडी उपलब्ध गराउने छ । साथै दरवार मार्ग स्थित द रिगल ईकले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस प्रायोजन गरेको छ । त्यस्तै प्रतियोगिताको उदयमान खेलाडी तथा शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेता खेलाडीद्धयले बुद्ध एयरबाट सौजन्य गरिएको माउण्टेन फ्लाईट टिकट प्राप्त गर्ने छन् । लिगकम नकाउटका आधारमा खेलाईने छ । साविक बिजेता एपीएफ,आर्मी र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ए मा छन् भने समूह बी मा नेपाल पुलिस,होङगान्जी न्युडायमण्ड र पश्चिमाञ्चल रहेका छन् ।

Comment