लक्ष्मीले जितिन् साईक्लिङ् उपाधी

नेपाली साईक्लिङ्ख खेलाडी लक्ष्मी मगरले भारतको उत्तराखण्डमा भएको उत्तराखण्ड हिमालय एमटिबी च्यालेन्जको महिला विधामा पहिलो स्थान हात पार्न सफल भएकी छिन् ।
अप्रिल १८ देखि २५ तारिख सम्म भएको ६५९ कि.मि.को साईक्लिङ् दौड मगरले २४ घन्टा, ३२ मिनट १२.६५५ सेकेन्डमा पुरा गर्दै उपाधी जितेकी हुन् । दोश्रो स्थानमा रहेकी ईन्डोनेसियाकी नोभियानले २४ घन्टा, ३३ मिनट १३.५६४ सेकेन्डम साथ दोश्रो र थाईल्याण्डकी सुरत्तिया बुपाहाले २४ घन्टा ३४ मिनट २४.५५० सेकेन्डमा साथ तेश्रो स्थान प्राप्त गरे ।
सात राष्ट्रका १२ खेलाडीहरुको सहभागित रहेको प्रतिस्पर्धामा नेपाली अर्की खेलाडी उषा खनालले पनि प्रतिस्पर्धा गरेकी थिईन् । खनालले आठौं स्थानमा रहँदै दूरी पुरा गरेकी थिईन् ।

Comment