यङ्गवारक अन्तर्राष्ट्रिय चेसमा तीन खेलाडीको अग्रता

ताप्लेजुङ्ग बुध्दिचाल संघ र यङ्गवारक बुध्दिचाल संघको संयुक्त आयोजनामा भइरहेको थेचेम्बु यङ्गवारक बुध्चिाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न हुँदा चार अंक सहित नेपालका भुपेन्द्र निरौला, प्रकास नेपाल र भारतका राहुल गरुङ्ग चार अंक सहित संयुक्त रुपमा अग्र स्थानमा रहेका छन् ।
भुपेन्द्रले तेस्रो चरणको खेलमा नेपालका अबिरल राईलाई पराजित गरे भने चौथो चरणको खेलमा कृष्ण थापा माथि जित निकाले । त्यस्तै प्रकाशले तेस्रो चरणको खेलमा नेपालकै ज्वाला लिम्बु र चौथो चरणको खेलमा तिर्थ राज सुब्बालाई पन्छयाउन सफल भए भने राहुले तेस्रो र चौथो चरणको खेलमा क्रमशः नेपालका शुसिल चौधरी र सुमन राईलाई हराएका थिए । त्यसैगरी दोस्रो स्थानमा सुश्रुत दाहाल, थेन्दप तामाङ्ग र आषिश फुयाल रहेका छन् ।
१४ बैशाख सम्म संचालन हुने प्रतियोगितामा नेपाल र भारत गरी १०४ जना खेलाडीहरुको सहभागिता रहेको छ । प्रथम स्थान हासिल गर्ने खेलाडीले ५० हजार रुपैया पुरस्कार पाउने छन् । पुरस्कार प्राप्त गरिने प्रतियोगितामा पुरस्कार राशी ५ लाख १ हजार ५सय रुपैया पुरस्कार रहेको छ ।

Comment