चन्द्रमाया र युकेस बने च्याम्पियन

तेश्रो स्वर्ण जिते पछि राइ


आठौ राष्ट्रिय खेलकुदअन्तर्गत एघारौं राष्ट्रिय सफ्ट टेनिसको पुरुष एकल फाईनलमा प्रदेश १ का युकेश योन्जनले स्वर्ण जिते । उनले प्रदेश नं ३ का प्रदिप खत्रीलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण हात पारे । प्रदेश १ का रनिश तामाङ र प्रदेश नं. ५ का सुरज चौधरी तेस्रो भए ।
महिला एकलमा प्रदेश नं. ३ की चन्द्रमाया राईले एपीएफकी भगवती विकलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण जितिन् । प्रदेश नं. १ का श्रीया योन्जन र गण्डकी प्रदेशका प्रिती बरालले कास्य पदक जिते ।
टिम ईभेन्ट पुरुषमा प्रदेश १ ले स्वर्ण जितेको छ । प्रदेश १ ले नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । प्रदेश ३ र प्रदेश ५ तेस्रो बने ।
टिम ईभेन्टकै महिलातर्फ भने प्रदेश ५ ले नै स्वर्ण जितेको छ । प्रदेश नं १ लाई ४–२ को सेटमा

पराजित गर्दै प्रदेश ५ ले स्वर्ण जितेको हो । गण्डकी प्रदेश र प्रदेश नं ३ तेस्रो भए ।
यसअघि भएको पुरुष युगलमा नेपाल पुलिसका कमल भण्डारी र नौबहादुर लुगेलीको जोडीले स्वर्ण हात पारेका हुन । प्रदेश नं. १ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५–४ को सेटमा पराजित गर्दै स्वर्ण हात पारेका हुन । प्रदेश नं. ३ का प्रदिप खत्री र वृजेश पाण्डे तथा प्रदेश नं. ५ का सुभम खनाल र सुरज चौधरीको जोडी तेस्रो भए । महिला युगलतर्फको खेलमा प्रदेश नं. ३ का सुनिरा थापा र चन्द्रमाया राईको जोडीले स्वर्ण जितेका छन् । थापा र राईको जोडीले प्रदेश नं. ५ का आश्मा भुषाल र रितिका चौधरीको जोडीलाई फाईनलमा ५–० को सेटमा पराजित गर्दै स्वर्ण आफनो नाममा पारे । प्रदेश नं. १ का श्रीया योन्जन र जर्जिया चौधरीको जोडी तथा प्रदेश नं. ४ का प्रिति बराल र सृष्टिका उदासको जोडी तृतिय भए ।
यसैगरि मिश्रित युगलतर्फको खेलमा प्रदेश नं. ३ का चन्द्रमाया राई र निर्मल स्थापितको जोडीले स्वर्ण हात पारेका छन । राई र स्थापितको जोडीले फाईनलमा प्रदेश नं. १ का युकेश योन्जन र जर्जिया चौधरीको जोडीलाई टाईबेकरमा ७–५ मा जित निकाल्दै स्वर्ण जितेका हुन । आशिष बोहरा र श्रीया योन्जनको जोडी तथा सुरज चौधरी र रितिका चौधरीको जोडी तृतिय हुदै कास्य पदक पाएका छन । सात ईभेन्टमा गरि कुल ६८ जना खेलाडीहरु सहभागि रहेका छन ।

Comment