दिलेनले जिते स्वर्ण


आठौ राष्ट्रिय खेलकुद अन्तरगत जारी १९औ महिला तथा पुरुष राष्ट्रिय आइटिएफ प्रतियोगिता अन्तरगत सोमबार भएको पुरुष ५६–६० किलो तौल समुहमा आर्मीका दिनेस बुढा मगरले स्वर्ण पदक जितेका छन् । प्रदेश नम्बर तीनका कासाङ दोर्जे लामाले रजत तथा एपीएफका प्रज्वल गड्तौला र प्रदेश नम्बर पाचका राजु चौधरीले काश्य पदक जिते । ६१–६५ किलो तौल समुहमा एपीएफका गोविन्द धिमालले स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशका प्रविण थापा मगरले रजत तथा प्रदेश नम्बर तीनका आशिष भुजेल र प्रदेश नम्बर पाचका विवेक नेपालीले काश्य पदक जिते ।
६६–७० किलो एक नम्बर प्रदेशका दिलेन राइले स्वर्ण पदक जिते । एपीएफका नाङगेल तामाङले रजत तथा आर्मीका ललीत बहादुर बस्नेत र प्रदेश नम्बर तीनका सकिर श्रेष्ठले काश्य पदक जिते । ७१–७५ किलो तौल समुहमा आर्मीका भिम बहादुर तामाङ पहिलो तथा एपीएफका हर्कलाल राजबंशी दोश्रो भए । एक नम्बर प्रदेशका निसान खत्री र प्रदेश नम्बर तीनका डेविड घलेले काश्य पदक जिते ।
महिलाको ४६–५० किलो तौल प्रदेश नम्बर पाचकी सुस्मिता राना मगरले स्वर्ण पदक जित्दा, तीन नम्बर प्रदेशकी निलिमा सुनुवारले रजत पदक जितिन् । सात नम्बर प्रदेशकी सिमा रसाइली र प्रदेश नम्बर पाचकी ममता गाहले काश्य पदक जिते ।
५१–५५ किलो तौल समुहमा आर्मीकी रिना धमिालले स्वर्ण र एपीएफकी सञ्चिता लामाले रजत पदक जिते । गण्डकी प्रदेशकी गंगा थारु र प्रदेश नम्बर दुइकी सविना श्रेष्ठले काश्य पदक जिते । विजेता खेलाडीलाई सोमबार नै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सीना र नेपाल आइटिएफका अध्यक्ष अन्जन धमला लगायतले पुरस्कार प्रदान गरे ।

Comment