राजु राइले जिते ५ स्वर्ण

आठौंअन्तर्गत राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा एपीएफका राजु राईले ५ स्वर्ण जितेका छन् । राजुले थप १ रजत पनि जिते । सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए ।
कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते । एपीएफका दिनेश सुनुवार दोश्रो तथा प्रदेश ३ का उज्ज्वल तिवारी तेश्रो भए । भल्टिङ टेबलमा राजुले रजतमा चित्त बुझाउदा प्रदेश ३ का उज्ज्वल तिवारीले ७.२५ अंक जोड्दै पहिलो स्थान हात पारे । प्रदेश ३ कै त्रिदेव गिरी तेश्रो बने ।
प्यारलल बारमा राजु ७.४ अंकसाथ शीर्ष स्थानमा रहे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोश्रो तथा प्रदेश ७ का जितेन्द्र चौधरी तेश्रो भए । पोमेल हर्समा पहिलो भएका राजुले ५.९० अंक जोडे । एपीएफकै रिकेश तामाङ दोश्रो तथा प्रदेश ३ का त्रिदेव गिरी तेश्रो भए ।
अलराउन्डमा पहिलो स्थान हात पारेका राजुले २६.९० अंक प्राप्त गरे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोश्रो तथा एपीएफका विष्णु बाटा तेश्रो भए । राजुले थप एक स्वर्ण टिम इभेन्टमा जिते । राजुसहितको रिकेश तामाङ, रमेश श्रेष्ठ, श्रीकृष्ण खरबुजा, दिनेश सुनुवार र विष्णु बाटाको टोलीले ११०.६० अंक जोड्दै स्वर्ण जितेको हो । प्रदेश ३ दोश्रो तथा प्रदेश ७ तेश्रो भए ।
महिलाको टिम इभेन्टमा प्रदेश ३ ले स्वर्ण हात पा¥यो । प्रदेश ३ का तारा सिवाकोटी, जेनिसा थापा, प्रकृति थापा मगर, रिजु रन्जित, सौभाग्य कोजु र सविक्षा सुवालको टोलीले ४८.५७५ अंक जोडे । एपीएफ दोश्रो तथा प्रदेश ७ र प्रदेश ५ तेश्रो भए ।
एपीएफकी पिंकी झाङले दोहोरो स्वर्ण चुमिन् । पिंकीले महिला भल्टिङमा ७.७० अंक जोडिन् । प्रदेश ३ की तारा सिवाकोटी दोश्रो तथा आर्मीकी विदिशा न्यौपाने तेश्रो भए । पिंकीले फ्लोर स्पर्धामा अर्को स्वर्ण चुमिन् । प्रदेश ३ की तारा सिवाकोटी र आर्मीकी विदिशा न्यौपाने तेश्रो भए ।
महिला अलराउन्डमा प्रदेश ३ की तारा सिवाकोटी पहिलो भइन् । ताराले १६.९५ अंक हासिल गरिन् । एपीएफकी लुमिला मानन्धर दोश्रो तथा प्रदेश ३ की प्रकृति थापा मगर तेश्रो भए । पुरुषको १९ औं तथा महिलाको ७ औं राष्ट्रिय प्रतियोगिता हो ।

Comment