प्राइम सेमिफाइनलमा

प्राइम कलेज १३ औं ज्ञाननिकेतन बास्केटबल च्याम्पियनसिपअन्तर्गत कलेजको ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । प्राइमले टाइम्स इन्टरनेसनल कलेजलाई ४१–२८ ले पराजित ग¥यो । विजेताका विपिन महर्जनले १२ अंक जोडे । सेमिफाइनलमा प्राइमको भेट बर्नहार्टसंग हुनेछ । अर्को सेमिफाइनल लिभरपुल र प्रिमियर कलेजबीच हुनेछ ।
सिनियर गल्र्समा न्यु भिजन र साम्बोट्टाले सेमिफाइनलमा स्थान पक्का गरे ।
न्यु भिजनले सिद्धार्थ बनस्थलीलाई २०–१८ को साँघुरो अन्तरले हरायो । विजेताकी एलिना पौडेलले ७ अंक जोडिन् । मिङमा शेर्पाको १९ अंक सहयोगमा साम्बोट्टाले ज्ञानोदयलाई ३०–१९ ले पन्छायो । दुवै विजेता सेमिफाइनलमा आमने सामने हुनेछन् । अर्को सेमिफाइनलमा हिमालयन हेल्पलेस चाइल्ड एकेडेमी (एचएचसीए) र आयोजक ज्ञाननिकेतन भिड्ने छन् ।
जुनियर ब्वाइजमा ज्ञाननिकेतनले गोल्डेनपिकलाई ३४–२० ले हराउदै समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश ग¥यो । विजेताका मनीष तामाङले २१ अंक बटुले । गोल्डेनपिक पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो । ज्ञाननिकेतनले रेडिअन्ट स्कुल तथा गोल्डेनपिकले नेरिक एकेडेमीसंग सेमिफाइनलमा खेल्ने छन् ।
सिनियर ब्वाइजमा डेनेब एकेडेमीले ज्ञानोदयलाई २१–१८ ले पाखा लगाउदै एचएचसीएसंग सेमिफाइनल भेट पक्का ग¥यो । अर्को सेमिफाइनल डिफेन्डिङ च्याम्पियन इनोभेटिभ र नेरिकबीच हुनेछ ।

Comment