राजिवको प्रशिक्षणमा आर्मीको विजयी यात्रा

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १४ औं राष्ट्रिय उसुमा आर्मी क्लबको प्रभावशाली प्रदर्शन जारी रहेको छ । सोमबार थाउलोतर्फ आर्मीका १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी निमा घर्ती मगर र मिना ग्लानले स्वर्ण जितेका छन् ।
महिला नान् छवान्÷नान् तावमा निमाले समग्रमा १८.२ अंक जोडिन् । प्रदेश ३ की अन्जिता स्याङ्तान दोश्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेश्रो भए । महिला थाइची छ्वान÷थाइची चेनमा आर्मीकी मिना ग्लान १८.२१ अंकसाथ पहिलो भइन् । मिनाले १२ औं सागकी रजत विजेता आर्मीकै सविता राईलाई पछि पारिन् । सविताले १७.९८ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरी तेश्रो भइन् ।
पुरुष थाइची छ्वान÷थाइची चेनमा आर्मीका हरिप्रसाद गोल पहिलो भए । उनले १८.४८ अंक जोडे । प्रदेश ३ का पासाङ शेर्पा दोश्रो तथा सुदूरपश्चिमका जनक बुढा तेश्रो बने । पुरुष नान छ्वान÷नान कुनमा कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जिते । उनले १९.१ अंक प्राप्त गरे । एपीएफका युवराज थापाले रजत तथा एपीएफकै सन्नी श्रेष्ठले कांस्य हात पारे ।
पूर्व राष्ट्रिय च्याम्पियन राजीवकै प्रशिक्षणमा आर्मी क्क्लबलृ विगत केही बर्ष देखि उसुमा पकड राख्ख्दै आएको छ ।

Comment