अनुको प्रभावमा मिश्लीको धक्का

आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङको तुलसीपुरमा जारी कराँते प्रतियोगिता महिला ४२ के.जी. कुमुते तर्फ एपीएफकी जिया कार्कीले स्वर्ण पदक हात पारेकी छन् । त्यस्तै नेपाली सेनाकी कुशुम खड्काले रजत जित्दा प्रदेश नं २ की मिरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले रजत पदक हात पारे ।
तर, यस बर्षको राष्ट्रिय खेलकुदको सनसनीपूर्ण नतीजा भने ५० केजी महिला कुमुतेको रह््यो । नेपाली सेनाकी मिस्ली श्रेष्ठले एपीएफकी अनु अधिकारीले रजत जितिन् । ढाका सागकी रजत पदक विजेता अनुले गत एसियाडमा समेत उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी लामो समय देखि नेपाली करातेमा प्रभाव जमाउन सफल भएकी थिइन् । जित्दा प्रदेश नं २ की एलिशा तामाङ र प्रदेश नं ३ की सविना श्रेष्ठले रजत जिते । त्यस्तै ५० केजी पुरुष कुमुते तर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते । त्यस्तै एपिएफका विर बहादुर तामाङले रजत जित्दा प्रदेश नं ३का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कास्य पदक हात पारे ।

Comment