सेनाको विजयी सुरुआत

telecom handball
डिफेन्डिङ च्याम्पियन नेपाली सेनाले दोश्रो नेपाल टेलिकम कप खुला राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विभागीय टोली सेनाले सुदूरपश्चिमाञ्चललाई ३५–१५ ले पराजित ग¥यो । सेनाका अमर श्रेष्ठले सर्वाधिक १० गोल गरे । नेपाल टेलिकमको मुख्य प्रायोजन तथा नेपाल ह्यान्बडल संघद्वारा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली एपीएफ क्लब र पूर्वाञ्चलले पनि सफल सुरुआत गरेका छन् ।
एपीएफले पश्चिमाञ्चललाई ३३–१९ ले हरायो । एपीएफको जितमा विमल भाटले ११ गोल योगदान गरे । मध्यपश्चिमाञ्चल विरुद्धको खेलमा पूर्वाञ्चल ३०–७ ले विजयी भयो । विजेताका राजेश तामाङले ८ गोल गरे ।
प्रतियोगिताको नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।
पाँच विकास क्षेत्र, सेना र एपीएफ गरी ७ टिम सहभागी प्रतियोगिताको फाइनल शनिबार हुनेछ । विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५ हजार नगद पुरस्कार पाउने छन् । सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई ५–५ हजार नगदबाट पुरस्कृत गरिनेछ । टेलिकमको ११ औं वार्षिकोत्सवका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

Comment