सौरभलाई प्याट्रनमा स्वर्ण पदक

आठौ राष्ट्रिय खेलकुद अन्तरगत जारी १९औ महिला तथा पुरुष राष्ट्रिय आइटिएफ प्रतियोगिता अन्तरगत शनीबार भएको रातो पेटिको महिला प्याट्रनमा एपीएफकी अप्सना तामाङले पहिलो तथा गण्डकी प्रदेशकी सुस्मीता थापाले दोश्रो स्थान पाए । यसैको पुरुष स्पर्धामा तीन नम्बर प्रदेशका सौरभ घिमिरेले स्वर्ण तथा एक नम्बर प्रदेशका आशिष मगरले रजत पदक जिते ।
कालो पेटी प्रथम डान प्याट्रनमा पुरुषमा आर्मीका भिम बहादुर तामाङ पहिलो तथा एपीएफका मान बहादुर चौधरी दोश्रो भए । यसैगरी, महिलामा एपीएफकी सञ्चिता लामाले पहिलो तथा आर्मीकी हिमा खड्काले दोश्रो स्थान पाए । दोश्रो डानमा आर्मीका पूर्ण बहादुर मगरले पहिलो तथा एपीएफका संगम विकले रजत पदक जिते । तेश्रो डान तर्फ पुरुषमा एपीएफका नाङगेल तामाङ पहिलो तथा तीन नम्बर प्रदेशका राजेश बोलखे दोश्रो भए । महिलामा आर्मीकी तुलसा राजथला पहिलो तथा तीन नम्बर प्रदेशकी सोनी खड्का दोश्रो भइन् ।

Comment