संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् ।
बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए ।
महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन् । फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सीधा सेटमा हराइन् । आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेश्रो भए ।

Comment