कलेजस्तरीय पुरुष भलिबल जेठ तेस्रो सातादेखि

एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको आयोजनामा प्रथम राष्ट्रिय एन्जल्स हर्ट अन्तर विद्यालय÷कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता जेठ तेस्रो सातादेखि हुने भएको छ । ढोरपाटन क्लबको व्यवस्थापनमा प्रतियोगिता जेठ १५ गतेबाट २१ गतेसम्म हुने आयोजक एन्जल्र्र्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गरायो ।
प्रतियोगितामा देशैभरबाट करिव ८० टोलीको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा ९ कक्षा देखि १२ कक्षासम्मका विद्यार्थीले तथा गतवर्ष १२ कक्षा पास भएका खेलाडीहरुले मात्रै खेल्न पाउने प्रावधान राखिएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र विभागीय टोलीले खेल्न पाउनेछैनन् ।
एन्जल्र्स हर्ट एजुकेसन फाउन्डेसनका कार्यकारी अध्यक्ष लिल बहादुर पुनले नयाँ प्रतिभा जन्माउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको बताए । एन्जल्र्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरका कार्यकारी अध्यक्ष खिम बहादुर थापाले नयाँ तरिकाले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुल स्तरमा बजेटको हिसावले यो सबैभन्दा ठुलो प्रतियोगिता रहेको र यसलाई आगमी वर्षमा पनि निरन्तरता दिने बताए ।
प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ । अनुमानित लागत १८ लाख रुपैया रहेको प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको खेलहरु एन्जल्र्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको खेल मैदान र ढोरपाटन क्लबको खेल मैदान नयाँ बसपार्कमा हुनेछ ।

Comment