जीबीएचएस कराते सुरु


गुहेश्वरी आवसीय माध्यमिक विद्यालयको आयोजनामा जीबीएचएस कप दक्षिण एसियाली आमन्त्रण अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र श्रीलंका गरी ४ राष्ट्रका २ सय ७० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता संयोजक सानुबाबु गिरीका अनुसार पुरुषमा २४ र महिलामा १६ गरी ४० स्पर्धा समावेश छन् ।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । बाँसवारीस्थित आयोजककै हातामा भइरहेको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ । पहिलो दिन नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भयो ।

Comment