प्रेरणा र इभानोइ च्याम्पियन

नेपाल एपीएफ क्लवको आयोजनामा संचालित ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ को महिला एकलको उपाधि सुनसरीकी प्रेरणा कोइरालाले जितेकी छिन् । उनले फाइनलमा पोखराकी गंगा शर्मालाई ६–३ र ६–३ ले पराजित गरेकी हुन् । यसैगरी, पुरुष एकलको उपाधि नेपाल एपीएफ क्लवका इभानोई लिसानोवीकले जिते । उनले फाइनलमा डेनमार्कका निकोलाई रास्त्रुपलाई ७–६ र ६–२ ले पराजित गरे ।

Comment